नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन

 

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक पत्रकार सम्मेलन आयोजना गर्दै अभियानको उद्घाटन गरिएको हो ।

अभियान उद्घाटन गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक अपिल जारी गरेका छन् । अपिलमा देश जटिल राजनीतिक र आर्थिक संकटबाट गुज्रिरहेको भन्दै जनतामा अभियानमार्फत यसबारे जानकारी गराउन लागिएको उल्लेख छ ।