न्यायाधीशका पीएसओ हवल्दारले आफैँलाई गोली हाने, उपचारका क्रममा मृत्यु

काठमाडौंको टोखा नगरपालिका–१ मा प्रहरी हवल्दार डोलनाथ ढकालको गोली लागेर मृत्यु भएको छ । बिहीबार साँझ आफ्नै घरमा पेस्तोलबाट आफैँलाई गोली प्रहार गरेका ढकालको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोली चलेको आवाज सुनेपछि परिवारका सदस्यहरूले उनलाई अस्पताल पुर्‍याएका थिए ।

गोली लागेर उनको टाउकोमा चोट लागेको थियो । ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा कार्यरत थिए । न्यायाधीशको सुरक्षाका लागि बोकेको पेस्तोलले उनले आफैँलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट उनको टाउकोमा चोट लागेको थियो ।