धनराज गुरुङमाथि पनि अनुसन्धान गर्नुपर्छ गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

आज पोखरामा पत्रकारहरु सँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए ।‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।