नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय उडान तालिका परिवर्तन गरेको छ । कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो ।
योसँगै नेपाल एयरलाइन्सले काठमाडौँ-नारिताको राति ११:५० को उडानलाई ९:१५ बजे सारेको छ । त्यस्तै ११ बजेको काठमाडौँ–दोहाको उडान ९:३०, काठमाडौँ–दुबईको राति ११:१५ को उडान परिवर्तन गरेर ९:३५ मा तय गरिएको छ ।



















