आज बिहान ११ बजे नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक बस्ने भएको छ ।
मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका विषयमा छलफल गर्न सोमबार पनि बैठक बसेको थियो । सो बैठकमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने विषयमा सहमति जुट्न सकेको थिएन । मन्त्रिपरिषद्को बैठकले गत आइतबार टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो । आजको बोर्ड बैठकमा यही विषयमा छलफल हुन लागेको हो । हिजो बसेको बैठक टुङ्गो नलागेपछि आज बस्न लागेको हो ।
















