राष्ट्रपति रामचन्द्र पौड्यलसँग संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा सहभागी हुन अजरबैजानको बाकु पुगेका जम्बो टोलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न सोधेको छ ।
आयोगले सोमबार वन मन्त्रालयलाई पत्र लेखेर नेपालबाट तीन जना मात्र जानुपर्नेमा जम्बो टोली किन बाकु पठाएको भनेर प्रश्न सोधेको हो ।मन्त्रालय र मातहतका विभाग तथा कार्यालयबाट ३१ जनाको नेपाली टोली बाकु गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो ।मन्त्रालयको टोलीमा वन मन्त्री ऐनबहादुर शाही, मन्त्रालयका सचिव डा.दीपक कुमार खरालदेखि प्रशासन महाशाखा प्रमुख एवम् सहसचिव भुपाल बराल र प्रशासन महाशाखाका उपसचिव शोभाकर रेग्मीसमेत टोलीमा छन् ।
‘अख्तियारले चार-पाँच वटा प्रश्नहरुसहित आवश्यकता,औचित्य,त्यहाँको कामको जिम्मेवारी के हो भनेर सोधेको थियो ।


















