रौतहतमा बस दुर्घटना हुँदा १२ जना घाइते

रौतहटको चन्द्रनिगाहपुरमा पोखराबाट जनकपुर तर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका २ लचका नजिकै ग.१ ख.५८०७ नम्बरको बस बाटो काट्दै गरेको स्याललाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा २० यात्रु सवार रहेकोमा १२ जना घाइते भएका हुन् ।घाइतेहरु मध्ये एकजनाको अवस्था गम्भीर, तीनजनाको मध्यम र ८ जनाको समस्या रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।