बढ्यो सुनको मूल्य

साताको कारोबारको चौथो दिन आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेको हो ।जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदी आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।