सत्तारूढ नेकपा एमालेले नै दरबारमार्गमा प्रदर्शन गर्न लागेपछि काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
दरबारमार्गको मुख्य सडकमै स्टेज बनाएर भद्रकालीबाट र्याली निकाल्ने घोषणा गरेको सत्तारूढ पार्टीको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो ।
अहिले काठमाडौंका मुख्य स्थानहरू:न्युरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर र सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ । केही मिनेटको बाटो छिचोल्न आधा घण्टाभन्दा धेरै समय लाग्न गरेको छ ।
एमालेको सभाका कारण जाम हुने पिरले कार्यालयतिर निस्केका सर्वसाधारणले आज दुस्ख पाएका छन् । सिंहदरबारसहितका क्षेत्रमा छिर्ने सडकमा जाम हुँदा सर्वसाधारण र कर्मचारीले पनि एक घण्टासम्म जाममा रोकिनु परेको छ ।

















