दुईवटा डुङ्गा पल्टिँदा २४ जनाको मृत्यु

पूर्वी अफ्रिकी देश माडागास्करको तटमा दुईवटा डुङ्गा पल्टिँदा २४ जनाको मृत्यु भएको छ।
दुवै डुङ्गामा गरी जम्मा ७० जना सवार थिए।

स्थानीय अधिकारीलाई उदृधत गर्दै बीबीसीले ज्यान गुमाउने अधिकांश व्यक्तिहरू सोमालियाका नागरिक रहेको बताएको छ। सोमालियाको विदेश मन्त्रालयले बाँकी रहेका जीवित नागरिकको सुरक्षित उद्धार सुनिश्चित गर्न प्रयास गरिरहेको जनाएको छ।

बढ्दो बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू युरोप जानको लागि जोखिमपूर्ण यात्रा गर्दै आएका छन्। माडागास्करका अधिकारीहरूका अनुसार ज्यान गुमाउने अधिकांश व्यक्तिहरू आप्रवासी थिए।