रविलाई काठमाडौं ल्याउने भएपछि माइतीघरमा रास्वपाको प्रदर्शन

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएपछि रास्वपाका नेताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहित रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् । रविलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि काठमाडौंमा ल्याउन तयारी भइरहेको छ।