लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत, युद्ध विरामपछि विस्थापितहरू घर फर्के

लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ ।

लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक (युएनएससीओएल) जेनिन हेनिस–प्लास्चर्टले मङ्लगलबार विज्ञप्ति जारी गर्दै “यो सम्झौताले दुवै पक्षका नागरिकहरूको सुरक्षा पुनःस्थापना गर्ने प्रस्ताव –१७०१ ९२००६० को पूर्ण कार्यान्वयनमा गरिएको महत्वपूर्ण प्रक्रियाको सुरुवातलाई सङ्केत गर्ने बताउनु भएको छ । उहाँले “सम्झौता कार्यन्वयन सुनिश्चित गर्न पर्याप्त काम अगाडि बढेको बताउदै दुवै पक्षको पूर्ण र अटुट प्रतिबद्धता रहेको उल्लेख गर्नु भएको छ ।

प्रस्ताव–१७०१ बाट चयन गरिएका प्रावधानहरू मात्र कार्यान्वयन गर्ने र अरूलाई मौखिक सेवा प्रदान गर्ने यथास्थिति पर्याप्त नहुनेसमेत उहाँले बताउनु भएको छ । यसको माध्यामबाट विनाशकारी अध्यायको अन्त्य गर्ने अवसर प्राप्त् भएकोमा विशेष संयोजकले दलहरूको प्रशंसा गर्नु भएको छ । हाल प्राप्त उपलब्धीलाई सुदृढ पार्न ठोस कार्यहरू मार्फत काम गर्ने समय भएको उहाँले प्रष्ट पार्नु भएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार लेबनान र इजरायली इकाई युद्धविराममा सहमत भएको घोषणा गर्नु भएको हो जुन बुधवार देखि लागु हुने जनाइएको छ ।

युद्धविरामको घोषणा भएपछि अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्तीमा लेबनानी सेनाको क्षमता निर्माण गर्न अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने र लेबनानी अर्थतन्त्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

युद्धविराम लागू भए पछि द्वन्द्वका कारण क्षति भएको बेरुतको क्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय पछि भएको युद्ध विराम कार्यन्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै “विजय“ उत्सव समेत मनाएका छन् ।

पछिल्लो समयमा इजरायलले दिनहु जसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरु एकै चोटी फर्किदा भीडभाड भई ट्राफिक जामसमेत भएको एएफपीले जनाइएको छ ।

विस्थापितहरु आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए ।

स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नस्रल्लाहको उपनगरमा फर्किदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको एएफपीले जनाएको छ । दक्षिण बेरुत उपनगरले मङ्गलबार द्वन्द्वको सबैभन्दा तीव्र रुपको सामना गरेको थियो ।

“युद्धविराम लागु भएपछि आफुहरु घर फर्किएको उक्त उपनगर निवासी फातिमाले बताउनु भएको छ । बुधबार देखि युद्धविराम लागु भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो ।

गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरु गरेको सीमापार हमलाको लगभग एक वर्षपछि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो । केही बासिन्दाहरू तुरुन्तै युद्ध , जुलुसलगायतमा आफ्ना प्रिय नेताको हत्या भएको स्थान तर्फ लागेको एएपीले जनाएको छ । यसै क्रममा हिजबुल्लाहका समर्थकहरूले नस्रल्लाह र हाशेम सफीद्दिनको तस्विरहरू हस्तान्तरणसमेत गरिरहेको एएपीले जनाएको छ ।