आज मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी । यसलाई मृत्युवरण गरेका पितृहरूको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनको रूपमा मानिन्छ ।
नेपाललगायत भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरूमा यस दिन शतवीज छर्ने तिर्थालुहरुको घुइँचो रहने गर्दछ । शतवीज भन्नाले धान, गहुँ, मास, मुगी, कागुन, सामा मिलाइएको सप्तधाना युक्त शतवीज र विभिन्न प्रकारका फूलहरू रहने गर्दछ ।
भक्तजनहरू पशुपतिनाथलगायत काठमाडौंका शक्तिपीठहरुमा शुक्रबार साँझबाट नै दीप बालेर जाग्राम बसेका थिए ।


















