कीर्तिपुर अपडेट : प्रमुखमा काग्रेस–१८९२, एमाले १३७८, माओवादी ११८८

काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले एक हजार ८९२ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत प्राप्त गर्दा माओवादीका शिवशरण महर्जनले एक हजार १८८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार राज मान महर्जनले ७३६ मत प्राप्त गरेका छन् ।