काठमाडौं ३ विकेटले विजयी, कर्णालीको दोस्रो हार

नेपाल प्रिमियर लिगअन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ ।

बुधबार त्रिवि क्रिकेट स्टेडियममा भएको भिडन्तमा काठमाडौं गुर्खाजले कर्णालीलाई ३ विकेटले हराएको हो ।

यसअघि कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले ८ विकेटले पराजित गरेको थियो ।

उता चितवन राइनोजसँग पहिलो खेलमा पराजित काठमाडौंले यो प्रतियोगितामा पहिलो जित निकालेको छ ।