हैदरावादमा ‘पुष्पा २’ को कार्यक्रममा भागदौड मच्चिँदा एक महिलाको मृत्यु

अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ आजबाट रिलिज भएको छ । रिलिज हुनुअघि फिल्म पुष्प २ को बेनिफिट शो आन्ध्र प्रदेश र तेलंगानामा देखाइएको थियो । चिक्कडपल्ली हैदरावादको सन्ध्या थिएटरमा एउटा कार्यक्रम आयोजना गरिएको थियो।

फिल्मका नायक अल्लु अर्जुन पनि त्यहाँ पुगेका थिए । उनलाई हेर्न फ्यानहरूको भीड लागेको थियो ।कार्यक्रममा भागदौड भएको थियो । भागदौड भएपछि भीड नियन्त्रण गर्न प्रहरीले हल्का लाठीचार्ज गरेको थियो । जसमा एक महिलाको मृत्यु भएको स्रोतले जनाएको छ । घटनामा महिलाका छोरा गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको छ ।