अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले डिसेम्बर ८ देखि १० तारीक सम्म नेपाल भ्रमण गर्देछन । नेपाल भ्रमणको उद्देश्य दक्षिण एसियामा सम्बन्ध प्रगाढ बनाउने, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट जस्ता महत्वपूर्ण योजनाहरुको मूल्याङ्कन, क्षेत्रीय सुरक्षाबारे छलफल र द्विपक्षीय सम्बन्ध सुधार गर्ने लक्ष्य बताइएको छ । यस भ्रमणलाई नेपाली अधिकारीहरूले :MCC कम्प्याक्ट जस्ता विकास परियोजनाहरूलाई प्रवर्द्धन गर्ने, अमेरिकी भिसाको आवश्यकतालाई सुव्यवस्थित गर्ने, नेपाली विद्यार्थीहरूको लागि शैक्षिक अवसरहरू बढाउने र MCC कम्प्याक्टको पूर्वाधार विकास योजना प्रति प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा हेरेका छन्।
नेपालको राजनीतिक स्थायित्वमा वैदेशिक सहायता सुशासनमा सुधार स्थायित्वका सम्भावित चुनौतीहरू हुन । वैदेशिक सहायता अभिवृद्धिले नेपालको विकास र लोकतान्त्रिक संस्थाहरूप्रति अमेरिकी प्रतिबद्धतालाई पुन: पुष्टि गर्दै विदेशी सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने सरकारको क्षमतामा विश्वास बढाउन सक्छ। प्रजातन्त्र र मानवअधिकार सम्बन्धी छलफलले आन्तरिक द्वन्द्वलाई सम्भावित रूपमा कम गर्ने, सुशासन अभिवृद्धि गर्ने नेपालको लक्ष्यसँग मेल खान्छ ।
स्थायित्वका सम्भावित चुनौतिहरूमा बाह्य जसले राजनीतिक तनाव युक्त बनाउछ । वैदेशिक सहयोगको कुशल व्यवस्थापन र आन्तरिक राजनीतिक संवेदनशीलताले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण दीर्घकालीन प्रभाव पार्नेछ । यो भ्रमण कूटनीतिक तवरमा व्यवस्थित भएमा अमेरिकाको क्षेत्रीय साझेदारको रुपमा नेपालको हैसियत बढाउन सक्छ । विपक्षी समूहहरूले आफ्नो उद्देश्यहरू अगाडि बढाउन भ्रमणलाई राजनैतिक फाइदा लिन सक्थ्यो । लुको भ्रमण नेपाल–अमेरिका सम्बन्धका लागि महत्वपूर्ण भए पनि त्यसबाट मात्रै सरकारको पतन हुने सम्भावना छैन । आन्तरिक राजनीतिक मुद्दा र जनमतलाई सफलतापूर्वक सम्हाल्ने नेपालको प्रशासनको क्षमताले यसको समग्र स्थिरता निर्धारण गर्नेछ ।
विज्ञहरू भन्छन् डोनाल्ड लु जानु भनेको त्यो देशको सरकार परिवर्तन हो । तर पनि यसमा लुको संलग्नता भएको कुनै प्रमाणित प्रमाण छैन । डोनाल्ड लु विरुद्ध पाकिस्तानको आरोप इमरान बिरुद्ध राजनीतिक छ । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले उनलाई २०२२ को शुरुमा पदबाट हटाउन ;विदेशी षड्यन्त्र; भएको आरोप लगाए जसको संकेत लु तर्फ थियो । डोनाल्ड लु, एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञ र दक्षिण र मध्य एशिया मामिलाका लागि राज्य सहायक सचिव जसले दक्षिण एशिया, विशेष गरी बंगलादेश, श्रीलंका, कोरिया, र पाकिस्तानमा अमेरिकी विदेश नीति लागु गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन ।
यी देशहरूमा उनको भूमिकाले प्राय: अमेरिकी हितलाई बढावा दिएको छ । अमेरिकाले बंगलादेशमा विशेष गरी शेख हसिनाको नेतृत्वले प्रजातान्त्रिक स्थान र प्रेस स्वतन्त्रता संकुचित गर्ने चिन्ता व्यक्त गरेको थियो । लुले बंगलादेशी सरकारलाई लोकतान्त्रिक मान्यताहरूको सम्मान गर्न र मानवअधिकार उल्लङ्घनका आरोपहरूलाई सम्बोधन गर्न, प्रोत्साहित गनर्, कूटनीतिक पहलहरूमा काम गरेका छन् । उसको प्रयासहरू कहिलेकाहीं कोरियाली प्रायद्वीपसँगको सम्बन्ध सहितको व्यापक अमेरिकी रणनीतिक हितहरूसँग मिल्छ । यस सन्दर्भमा उनको प्रयास क्षेत्रीय कूटनीति, स्थायित्व सुनिश्चित गर्न र दक्षिण एसियासँग सहकार्य मार्फत उत्तर कोरियाको आणविक कार्यक्रम जस्ता मुद्दाहरूलाई सम्बोधन गर्न केन्द्रित छ । पाकिस्तानमा, लु विभिन्न राजनीतिक विवादहरूमा जोडिएका छन । दक्षिण एसियामा, विशेष गरी बंगलादेश, पाकिस्तान र अन्य देशहरूमा, यी राष्ट्रहरूमा उनको संलग्नता रहेको आरोप लगाइएको छ । श्रीलंकामा राजनीतिक अस्थिरताको समयमा लुको भूमिका महत्त्वपूर्ण रह्यो । विशेष गरी २०२२ को आर्थिक संकट पछि। अमेरिकाले आर्थिक सुधार, भ्रष्टाचार विरोधी प्रयास र जातीय र धार्मिक समूहहरूबीच मेलमिलापमा जोड दिएको छ। यसले हिन्द महासागर क्षेत्रमा स्थायित्व कायम गर्नअमेरिकाको रणनीतिक चासोसँग मेल खान्छ। आलोचकहरूले तर्क गर्छन् कि लुका कार्यहरू अतिक्रमण वा हस्तक्षेपकारी छन्, जबकि अमेरिकी अधिकारीहरूले तर्क गर्छन् कि उनीहरूले लोकतन्त्रलाई बढावा दिन्छन् र मानव अधिकारका मुद्दाहरूलाई सम्बोधन गर्छन्।
भ्रमणको उद्देश्य, नेपालको राजनीतिक अवस्था र राजनीतिक तथा सार्वजनिक प्रतिक्रियाहरूमा विचार गर्नुपर्ने छ । लुको भ्रमण नेपाल–अमेरिका सम्बन्धका लागि महत्वपूर्ण भए हालैको प्रम के पीओलीको चिन भ्रमण र बिआरआई सम्झौतामा हस्ताक्षर अमेरिकी चासोको बिषय बन्न पुग्द छ । बिष्लेषकहरुले भन्ने गर्दछन बि आर आई र एम सि सि चिन र अमेरिकि प्रतिष्ठासंग गाँसिएको बिषय हो । भरखरै भएको प्रम के पीओलीको चिन भ्रमण र अमेरिकी चासोको बिपरित भएको बिआरआई सम्झौतामा हस्ताक्षरले अमेरिकी ठेस पुगेको बिष्लेषणको बिचमा हुनलागेको डोनाल्ड लु भ्रमणले नेपालमा सरकार परिवर्तनको संकेत गरेको छ ।
एम सि सि कार्यान्वयनको सन्दर्भमा र एम सि सि रोक्न भएका प्रयास बिच भएको लुको भ्रमणले नेपालका सबै राजनीतिक दललाई एम सि सि परियोजनामा सहमत मात्र गराएन । लगत्तै माओवादी कागं्रेसको सरकार पतन गराई एमाले काग्रेंसग ठबन्धन सरकार निर्माण समेत गरायो । यिनै सन्दर्भको बिष्लेषण गर्दा डोनाल्ड लु को अहिले हुन लागेको भ्रमण वाईडेन असन्तुष्टीको अभिब्यक्ति त होईन ? यसले : सरकार परिवर्तनको संकेत त गर्दैन ? चर्चाको बिषय सर्वत ब्याप्त छ । किनकी चिन भ्रमणबाट फर्के लगत्तै पधानमन्त्रि के पी ओलीले पत्रकार सम्मेलन मार्फत आफ्नो सरकार स्थीर रहेको र सरकार परिवर्तनको सम्भावना नरहेको जिकिर गर्नु कतै लु को भ्रमण र सरकार परिवर्तन लक्षित छ छैन ? परिणाम भबिष्यको गर्भमा छ ।


















