नेपालमा आयोजना भईरहेको ‘नानहाई बुद्धिजम राउन्ड टेबल’मा सहभागी हुन नेपाल आउन लागेका धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बुलाई सरकारले अन्तिम समयमा रोकेको अहिले समाचार माध्यममा चर्चा छ । मंसिर २७ देखि सुरुभएको कार्यक्रम यही ३० गते सम्म जारी रहने छ । उक्त राउन्ड टेबलमा सहभागी हुन करिब २० देशका सरकारी अधिकारी र भिक्षुहरू नेपाल आई सकेका छन ।
स्रोतका अनुसार चिनिया धर्मगुरु पन्चेन लामा(ग्याल्सेन नोर्बु) नेपाल आउन लागे/नलागेको बारेमा सरकार नै स्पष्ट थिएन । समाचार माध्यममा धर्मगुरु पन्चेन लामा आउने भनिए पछि मन्त्रालयले चिनिया दूतावासलाई पत्र लेख्दै नेपालमा हुन लागेको नानहाई बुद्धिजम राउन्ड टेबलमा पन्चेन आउने/नआउने बारेमा जानकारी मागेको थियो । स्रोतका अनुसार दूतावासले पन्चेन नेपाल नआउने औपचारिक रुपमै जानकारी गराको थियो ।
दूतावासले पन्चेन नेपाल नआउने जानकारी गराए पनि यो भम्रण सरकारकै आग्रहमा रोकिएको चर्चा छ । पन्चेन नेपाल आउँदा भारत र अमेरिकाले आपत्ति जनाउने भए पछि नेपाल सरकारले उनको नेपाल भ्रमणमा रोक लगाएको हुन सक्ने आशंका गरिएको छ । नेपाल सरकारले यो विषयमा औपचारिक जानकारी गराएको छैन । नानहाई बुद्धिजम राउन्ड टेबल भने काठमाडौंको याक एन्ड यती होटलमा जारी छ ।
भारत र अमेरिकाले धर्मगुरु पन्चेन लामा अर्थात् ग्यात्सेन नोर्बुलाइ नेपाल आउन नदिन दबाब दिनुका पछाडि दुईवटा कारण भएको बताईन्छ छन्। एउटा
नेपाल आउन लागेका पञ्छेन चीनले दलाइ लामाको दर्जामा राखेका धर्मगुरु हुन् । अनि नानहाई भनेको साउथ चाइना सी हो । जसमा चीनले आफ्नो दाबी गरिरहेको छ । तर, अमेरिका लगायत देशले साउथ चाइना सीमा चीनको दाबीलाई समर्थन गर्दैनन् । यहीकारण धर्मगुरु पन्चेन लामाको भ्रमण हुने खबरमा भारत र अमेरिका सहित पश्चिमाले चासो देखाएका हुन ।
दलाई लामाले भने सन् १९९५ मा पन्चेन लामामा गेधुन छोइकी नोइमालाई नियुक्त गरेको थियो । दलाई लामाले नियुक्त गरेको केही दिनमै गेधुन हराएका थिए । हालसम्म उनीसहित उनको परिवारको अवस्था फेला परेको छैन ।
यता चिनिया कम्युनिस्ट पार्टी (सीसीपी)ले ग्याल्सेन नोर्बुलाई सन् १९९५ मा धर्मगुरुमा नियुक्त गरेको हो । चीनको लाह्री काउन्टीमा जन्मिएका ३५ वर्षीय ग्याल्सेन नोर्बु बेइजिङमा बस्दै आएका थिए । उनका बुबा चिनिया कम्युनिष्ट पार्टीका सदस्य थिए । ग्याल्सेनलाई पन्चेन लामाको ११औं अवतारको रुपमा घोषणा गरिएको थियो । उनको चिनिया राष्ट्रपति सी चिनफिङसँग राम्रो सम्बन्ध रहेको समाचार चिनिया सञ्चारमाध्यमले सम्प्रेषित गरेका थिए ।
त्यही भएर अहिले उनी नेपाल आउने विषयलाई भारत र अमेरिकाले दुबै मुलुकका राजदूतावासले पन्चेनलाई कुनै हालतमा आउन नदिन दबाब दिइरहेको बुझिएको छ । अर्काे तर्फ प्रधानमन्त्री निकटहरु भने प्रधानमन्त्रीको चीन भ्रमणलाई विवादित बनाउनका लागि धर्मगुरु पन्चेन आउने हल्ला चलाइएको बताउछन । उनीहरु भन्नछन् ‘भारतलाई झन् चिढ्याउनकै लागि यो फण्डा फालिएको हो ।’ साथै बीआरआई कोपअपरेसन फ्रेमवर्कलाई गिजोल्न पनि यसो गरिएको हो ।


















