प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुशासित ढंगले एकतावद्ध भएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । आइतबार केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई सम्बोधन गर्दै ओलीले सही विचार र नीति लिएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । उनले पार्टीमा खराब प्रवृत्ति मौलाउँदै गएको बताए। पार्टीले जसरी विकास गर्नुपर्थ्यो त्यसरी विकास गर्न नसकेको उनको भनाइ छ।
‘अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन् । पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर, सही बाटो के हो रुपहिल्याउन नसक्ने। असहमति राखेर आफूलाई कुछ हौं भन्ने पृथक देखाउन खोज्ने।’ उनले भने ।















