सर्लाहीको बागमती नगरपालिका-७ निमिचोकबाट लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
लागूऔषध ओनेरेक्स १ सय मिलिलिटरको ७ बोतल, कोडेडाइल-टि १ सय मिलिलिटरको ३ बोतल सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले मोहन बहादुरको घर खोज तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















