सशस्त्र प्रहरीले बरामद गर्‍यो १९० केजी गाँजा

सशस्त्र प्रहरीको टोलीले सुनसरीको धरानबाट १९० किलोग्राम गाँजा बरामद गरेको छ।प्रतिबन्धित सूचीमा रहेको उक्त गाँजा यही सोमबार धरान उप(महानगरपालिका(१३ शिवधारास्थित कोशी लोकमार्गबाट बरामद गरिएको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमाण्डमा खटिएको टोलीलाई देखेपछि भेडेटारबाट धरान आउँदै गरेको बा १० च ६८५२ नम्बरको रातो सुजुकी कार चालक भागेका थिए ।

चालक भागेर सडकमै अलपत्र छाडिएको कार चेकजाँच गर्दा प्लास्टिकमा प्याकिङ गरिएको १९० केजी प्रतिबन्धित लागु औषध गाँजा फेला परेको हो ।
बरामद भएको गाँजा र कारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाउन लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।