गाँजासहित दुई जना नियन्त्रणमा

सशस्त्र प्रहरी बलले सुनसरीको धरान उप–महानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ ।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा१०च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ्ग गरी ल्याउँदै गरेको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले मंगलबार बरामद गरेको हो ।

चेकजाँचका लागि रोक्ने क्रममा चालक सडकमा कार छाडेर फरार भएका छन् । सोही कारलाई पछ्याउँदै आएको को३५प २०४५ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको छ ।

बरामद गाँजा, कार, मोटरसाइकल र व्यक्तिलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।