ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-१ बाङगे दोभानस्थित दुधकोशीको किनारमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ डाँडागाउँ बस्ने ७० वर्षीय मुक्तिनाथ कटेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सप्तरी, रूपनी गाउँपालिका-१ रूपनी बजारस्थित नवनिर्मित सामुदायिक भवनको दोस्रो तलाको कोठामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















