के पी ओलीको ओरालो यात्रा सुरु भएको हो त?

कुनै समय नेकपा एमालेका महासचिव स्वर्गीय मदन भण्डारीले कार्यकर्तालाई प्रशिक्षण दिदा भन्थे । ‘बलियो मियोमा धेरै गोरुहरू घुम्छन् , त्यसकारण पहिले मियो बलियो बनाउनु पर्दछ र अरूलाई जोड्दै जानुपर्छ । तर अहिले एमाले पार्टीको मियोमा रहेका पार्टी अध्यक्ष के पी ओलीले अरुलाई जोड्ने होईन कि भएकालाई पनि हटाउदै जाने कार्यमा अग्रसर भएको एमाले भित्र चर्चा छ ।

एमालेका नेता कार्यकर्ता भन्छन एमाले भित्र सुरुमा बहुपदीय र सामूहिक नेतृत्वको वकालत गर्ने के पी ओली आफै अध्यक्ष पदमा पुगे पछि भने अधिकार केन्द्रीकृत गर्न उद्त रहको बताउछन । कुनै बेला पार्टीमा आन्तरिक लोकतन्त्र, एक व्यक्ति एक पद र नेतृत्व हस्तान्तरणको मुद्दा उठाउदै आएका ओली एमालेको नेतृत्वमा पुगे पछि भने आफैँले उठाएका एजेन्डाप्रति उदासीन हुन पुगे । पार्टीसत्तामा नौ वर्ष बिताइसकेका ओली ७० वर्षे उमेर हदसमेत हटाएर तेस्रो कार्यकालका समेत पार्टी अध्यक्षमा छन । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै आफै छन । के पीमा आफु बिशेष भन्ने अहंकार यति बढी भयो कि उनले एमालेले आफ्ना ब्यानरमा राख्दै आएको संस्थापक पुष्पलाल श्रेष्ठ, प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी र मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीको तस्वीर हटाएर आफ्नो मात्र तस्बीर राख्न समेत भने ।

त्यसो त के पीओली आफ्नो परम्परागत गुटको बलमा मात्र नेतृत्वमा पुगेका थिएनन । नेताहरू वामदेव गौतम, प्रदीप नेपाल , मुकुन्द न्यौपाने देखि कुनै बेला झलनाथ खनालले समेतको सहयोगले माथि पुगेका थिए । आठौँ महाधिवेशनमा झलनाथ खनालबाट पराजित भएपछि ओलीले पार्टीमा तेस्रो वरीयतामा थिए । तर एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा पूर्वमहासचिव माधव नेपाललाई पराजित गर्दै पार्टी अध्यक्ष बने ।

एमालेको नवौँ महाधिवेशन पार्टी अध्यक्ष बनेका ओली २४ असोज २०७२ मा सुशील कोइरालालाई पराजित गर्दै प्रधानमन्त्री निर्वाचित भए थिए । त्यस पछि संविधान निर्माणमा असन्तुष्टि जनाउँदै भारतले लगाएको नाकाबन्दीको सामना गरेपछि एमाले अध्यक्ष एकाएक लोकप्रिय बन्न पुगे । यही मेसोमा १७ असोज २०७४ मा एमाले–माओवादी केन्द्रले चुनावी गठबन्धन बन्यो । त्यसले ओलीलाई पुन: सत्तामा फर्किने बाटो खोलिदियो । ३ जेठ २०७५मा एमाले–माओवादी केन्द्र एकतापछि एकल बहुमतप्राप्त प्रधानमन्त्रीको हैसियत प्राप्त गरे । त्यो नै ओलीको नौ वर्षे पार्टीसत्ताको सबैभन्दा ठूलो उपलब्धि थियो ।

यद्यपी पार्टी र राष्ट्रिय राजनीतिमा ओली जसरी उदाए, त्यसलाई जोगाएर देशको हितमा प्रयोग गर्न भने असफल भए । एमाले माओबादी बिच पार्टी एकता भए पछि केन्द्रीय कमिटीमा अल्पमतमा परिसकेका के पी आली संसद्मा पनि अल्पमतमा परेर आफू हट्नुपर्ने स्थिति भए पछि उनले आफ्नै पार्टीको सुविधाजनक बहुमत रहेको प्रतिनिधिसभा विघटन गरेका थिए । ‘बीपी कोइराला र गिरिजाप्रसाद कोइरालापछि ओलीले सुविधाजनक बहुमतको अवसर पाएका थिए । तर, पार्टीभित्रको झगडा मिलाउन नसक्दा त्यो मौका गुमाए,’ । ‘एक्लै हिँड्न खोज्ने, अरु नेतासँग समन्वय नगर्ने र व्यक्तिवादी प्रवृत्तिले ओलीलाई त्यो उचाइबाट ओरालो लगायो ।’

यस्तै उतार चढाब बिच नेकपाको नामसम्बन्धी विवादमा ऋषि कट्टेलको मुद्दामा सर्वोच्चले गरेको फैसला ओलीका लागि राजनीतिक महत्वपुर्ण घटना बन्न पुग्यो । सोही फैसलाले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् स्थितिमा ब्युँताइदियो । माओबादी अलग पार्टी भए पछि के पी ओली एमालेमा पुन बहुमतमा परे । तर ओलीले एमालेलाई पनि पुन: एक ढिक्का राख्न सकेनन् । नेकपा कालीन अन्तरकलहले ओली र नेपाल एकैठाउँ बस्ने स्थितिमा भएन । पार्टी फुट्यो । उन पार्टीमा शक्तिशालि भए तर यति बेला भने एमालेमा भित्र भित्रै के पी ओलीको ओरालो यात्रा सुरु भएको चर्चा छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समेत ‘१५ वर्षसम्म त बुद्धि आएन, अब झन् के आशा गर्नु ! अब नयाँ नेतृत्वबाट मात्रै एमाले अगाडि बढ्न सक्छ’, भन्न थालेबाट अब ओलीबाट एमाले उभो नलाग्ने बिष्लेषण चल्न थालेको छ । माओबादीमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसमेत राजनीतिमा चर्चा चलिरहेको समयमा एमाले जोगाउनको लागि नयाँ ढंगले सोच्नै पर्ने अवस्था सिर्जना भइसकेको बताउदै एमालेका ईमान्दार कार्यकर्ता नै ‘अब केपी ओलीको नेतृत्वमा पार लाग्दैन, भन्न थालेका छन् ।

अब केपी ओलीले कुनै प्रकारको आग्रह, पूर्वाग्रह र शर्त नराखिकन पार्टीको कमाण्ड अरुलाई सुम्पनुपर्छ भन्ने उनीहरुको भनाई छ । यदि उनी त्यसो गर्न चाहँदैनन् वा सक्दैनन् भने अबको महाधिवेशनमा प्रतिस्पर्धाको विकल्प रहन्न त्यो के पी ओलीका निम्ती धेरै महंगो पर्ने छ ।