बाँकेको डुडुवा गाउँपालिका-४ स्थित राप्ती नदीमा डुबेर नेपालगंज उपमहानगरपालिका-४ सल्यानीबाग बस्ने ६० वर्षीय अनबर अली शाहीको बुधबार दिउँसो मृत्यु भएको छ ।
माछा मार्ने क्रममा डुबेर वेहोस भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















