चन्द्रागिरी नगरपालिका२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब २५ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेकोछ ।
पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका–२ बस्ने ३० वर्षीय सुन्दर यादव र ३१वर्षीय बिजय यादव रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखानागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख४५५८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका–२ तेघरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तोदेखिने पदार्थ करिब १ सय १० मिलिग्राम सहित बैतडी पुर्चौडी नगरपालिका–२ बस्ने ३४वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयमालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















