आज बिहान ९ बजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
उक्त मुद्दामा दुई जना धरौटी तिरेर रिहा भइसकेका छन्। लामिछाने उपस्थित भएसँगै उनको बयानपछि थुनछेक बहस हुनेछ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा कास्की अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो।


















