हलुका सवारी चालक तालिम सुरू

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने २७ औं समूहको हलुका सवारी चालक तालिम सुरू भएको छ ।
सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन  गरे ।  कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १ जना र प्रहरी जवान ३०जना गरी कूल ३१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।