बराहक्षेत्र नगरपालिका–१ चतरा कोशीपुलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित भोजपुर आमचोक गाउँपालिका६ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले चुहाडेबाट ईटहरीतर्फ आउँदै गरेको को.१ ज २५८८ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरोमा सवार उनलाई उक्तगाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















