काठमाडौं, ४ माघ मोरङ, विराटनगर महानगरपालिका १५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम सहित उदयपुर बेलका नगरपालिका(४ रामपुर बस्ने ४० वर्षीय सुरज खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका ९ खल्ला बस्ने ७७ वर्षीय डबल कठायतलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७९ ग्राम ५ सय मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका(११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही नगरपालिका(१८ बस्ने २१ वर्षीय मोहन बस्नेतलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले गड्डाचौकीबाट बजारतर्फ जाँदै गरेको म।१ ह १३०५ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका(८ सिर्वानीबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित भोजपुर आमचोक गाउँपालिका(१ वासिङथर्पु बस्ने २५ वर्षीय दाजुङ्ग शेर्पालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले मायुङ्गटारबाट ईटहरीतर्फ जाँदै गरेको को।१ ज ३४९९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक शेर्पालाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका ३ शिशा पोष्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका(१३ बस्ने २० वर्षीय रमेश रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका(३ बोराडाँडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका(३ बस्ने २९ वर्षीय गोबिन्द सिहं महरालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका(१३ बस्ने ३० वर्षीय सनम राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(३ बस्ने ३३ वर्षीय हिमाल शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका ४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित वाणगंगा नगरपालिका(८ बोर्डगाउँ बस्ने ३५ वर्षीय विकाश परियार र सोही नगरपालिका ४ दरखास्त बस्ने ३२ वर्षीय कमल सेनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग।८ प ७४४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















