आज बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा पनि बहस हुने भएको छ ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ । बिहीबार थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको थियो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ ।रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार गोविन्द ज्ञवालीले आज पीडित र रविका तर्फबाट बहस हुने बताए । लामिछानेलाई शुक्रबार १०ः३० बजे अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको थियो ।


















