काठमाडौं, १८ माघकञ्चनपुर, बेदकोट नगरपालिका(७ सुडास्थित सडकमा म।३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका(१२ कालाकौडी बस्ने ३० वर्षीय हरिश खुनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङ, दोर्दी गाउँपालिका ६ ताजेगाउँस्थित सडकमा बा २ क ३२६७ नम्बरको जेसीबी पल्टिएर बिहीबार बेलुकी दुर्घटना हुँदा जेसीबीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय उमर जंग घलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, कोहलपुर नगरपालिका २ बर्दहवास्थित सडकमा भे।१२ प ४२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(१५ चौधरीया गाउँ बस्ने २० वर्षीय अनुप भन्ने जयप्रकाश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ


















