१९ माघ, पोखरा । नेपाली कांग्रेसले अबको रणनीनि, पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि पोखरामा सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण गर्ने भएको छ । उक्त प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम पोखरा २० गतेदेखि २३ गते सम्म हुने छ
२० गते पोखरा महानगर सम्मेलन र २१ गते सातै प्रदेशका सभापतिसहितको छलफल राखिएको नेपाली कांग्रेस जनानएको छ । २० गतेदेखि नै कांग्रेस सभापति शेरबहादुर देउवादेखि केन्द्रीय पदाधिकारीहरु पोखरामा हुने छन् ।
पार्टी महाधिवेशन, कार्यकर्ता तथा नेतृत्व निर्माण सरकारमा कांग्रेसको सहभागिता र रणनीतिदेखि आगामी चुनावसम्मको विषयमा प्रशिक्षण तथा अभिमुखीकरण हुने बुझिएको छ ।


















