काठमाडौं आइपुगे बेलायती राजकुमार एडवार्ड

बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया नेपाल आएकी थिइन् ।

राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ ।