समिरको लुक्स सार्वजनिक गर्दै ‘बलिदान’ फूलपातीमा आउने घोषणा

फिल्म ‘बलिदान’ले रिलिज मिति घोषणा गरेको छ । निर्माण युनिटले अभिनेता समिर भट्ट समेटिएको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति २०८२ सालको फूलपाती (असोज १३) घोषणा गरेको हो ।

समिरका दुई पोष्टर सार्वजनिक गरिएको छ । जसमा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको समिर सङ्घर्षमा केन्द्रित रहेको पोष्टरले बुझाउँछ ।