गोरखा माइक्रो दुर्घटनाका एकजनाको मृ#त्यु १४ जना घाइते

गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहाने आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो ।

दुर्घटनामा चितवन खैरहनी गाउँपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका–२ कै रहेको प्रहरीले जनाएको छ ।