कुलमान घिसिङको पुनर्बहाली माग गर्दै काठमाडौंमा प्रदर्शन

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग सहित कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्बहाली गर लगाएका प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।

कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।