राजनीतिक दलका नेता एवं विज्ञहरुले राजनीतिक र नीतिगत स्थायीत्वका निम्ती देशले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा अपनाउनु पर्ने सुझाव दिएका छन । नेसपा( नयाँ शक्ति) विज्ञ परिषदले आयोजना गरेको सुशासन र संमृद्धीका एवं राजनीतिक स्थायीत्वका निम्ती प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली विषयक अन्तरकृया कार्यक्रमका सहभागीले सो सुझाव दिएका हुन । कार्यक्रममा आफ्ना धारणा राख्दै पूर्वप्रधानमन्त्री एवं नेसपा( नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति उपरिसंरचना र अर्थ राजनीतिक जग भएकोले अर्थ राजनीतिक व्यवस्था नसुध्रिएसम्म अन्य पक्षमा सुधार हुन नसक्ने बताउनुभयो । उहाँले अर्थतन्त्रमा सुधारका निम्ती देशमा राजनीतिक र नीतिगत स्थायीत्वका हुनु पर्नेमा जोड दिदै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणली अपनाउन सके देशमा राजनीतिक र नीतिगत स्थायीत्व हुने विचार राख्नुभयो ।
उहाँले शासन चलाउने व्यक्ति आम जनताले मत दिएर चुन्दा बढी प्रजातान्त्रिक हुने बताउदै राष्ट्रपतीय प्रणलीमा तानाशाह जन्मन्छन कि भनेर नकरात्मक सोच राख्न नहुने बरु त्यसलाई एउटा व्यक्ति यति पटक हुन पाउने भनि कार्यकाल तोक्न सक्ने, जाती र लिडगको आधारमा आलोपालो राख्न सक्ने जस्था विषयमा छलफल गर्न सकिने बताउनुभयो । उहाँले लोकप्रिय भएर राष्ट्रपति पद्धतिको कुरा उठाएको नभई स्थायीत्व र राष्ट्रीय एकता निम्ती उठाएको बताउनुभयो । तानाशाह संसदिय व्यस्थाबाटै पनि जन्मन सक्ने बाउदै हिटलर संसदीय प्रणालीबाट नै आएको बताउनुभयो । उहाँले ६० लाख दलित एकजुट भएर उठ्ने हो भने सरकारले थेग्न नसक्ने दलितका अधिकार प्राप्त हुने पनि बताउनुभयो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेर राप्रपाले टाउकोमा राजा ल्याउन खोजेको समेत उहाँले बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति स्थायित्वको अचुक औषधी हुन नसक्ने बरु निरंकुश हुन सक्ने खतरा भएको औल्याउनु भयो । उहाँले अहिले नीतिभन्दा नाता, नाताभन्दा दाता । त्यो नभए भाता खोजेर समानुपातिक प्रणालीको मर्म विपरित काम गरेको समेत बताउनुभयो । व्यक्तिहरु जुन पार्टीबाट नियुक्ति पाइन्छ त्यतै लाग्ने प्रवृत्ति हावी भएको अनुभव सुनाउनु भयो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गर्नेलाई आफू लोकप्रिय छु भन्ने भ्रम भएको पनि बताउनुभयो । नेपाली कांग्रेस र एमालेको मिलीजुली सरकार भएकोले बहुमत छ , तर जनतामा स्थायीरता छ, भन्ने नभएको र प्रसन्नता पनि नभएको बताउनुभयो ।
सोही कार्यक्रममा नेकपा, एमालकी सचेतक सुनिता बरालले प्रणालीमा मात्र केन्द्रित भएर पुग्दैन, प्रवृत्तिलाई पनि ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले प्रणालीलाई दोषदिनु भन्दा अभ्यासमा भएका कमजोरी हटाउनु पर्ने विचार राख्नुभयो ।अभ्यासमा भएका कमजोरी नहटाएसम्म प्रणालीले मात्र केही गर्दैन भन्दै निर्वाचन प्रणालीमा कमजोरी छ, हटाउनुपर्छ भन्नुभयो । राजनीतिक साक्षरता पुगेको छैन । जनताले सांसदबाट नीति कस्तो बन्यो भनेर सोध्दैन विकास के गर्यो भनेर सोध्दछन यो कुरामा सुधार गर्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादीका नेता एव वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले आफुले १५ वर्ष अघि नै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका विषयमा पुस्तिका नै लेखेको बाउदै राजनीतिक स्थायित्वको निम्ती राष्ट्रपतीय प्रणाली हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान लेखनका समयमा राजनीतिक अस्थिरताको अन्त्य गर्न सुरुको गर्न दुई वर्षसम्म र अन्तिमको एक वर्षमा संसद विघटन गर्न र अविस्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था राखिएको बताउदै त्यो सुधारिएको संसदीय व्यवस्था भएको बतानुभयो । उहाँ २०औं शताब्दी परोक्ष लोकतन्त्र र २१औं शताब्दी प्रत्यक्ष लोकतन्त्रको युग भएको पनि दावी गर्नुभयो । अधिनायकवादी राष्ट्रपति हुनसक्छ भन्ने त्रास हटाउन प्रत्याह्वान र महाभियोगको व्यवस्था राखी उसलाई अधिनायकवादी हुनबाट जोगाउन सकिने धारणा राख्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली रियल डेमोक्रेसी हुने र जहाँ ५१ प्रतिशतले विजयी गराउने व्यवस्था हुने बताउनुभयो ।
सोही कार्यक्रममा रास्वपा सांसद सन्तोष परियारले धर्म र संस्कारले दिएका गलत अभ्यास ठूलो अभिसाप भएको धारणा राख्दै हामी लोकतान्त्रिक छैनौं, व्यक्ति र परिवार लोकतान्त्रिक छैनौं, तर बाहिर अरुबाट लोकतन्त्र खोज्छौं यो सोचाईमा सुधार गर्नु पर्ने बताउदै संस्कारका कारण राजनीतिक अस्थिरता भएको धारणा राख्नुभयो । उहाँले आफु राष्ट्रपति प्रणालीमा जाने पक्षको समर्थन भएको बताउनुभयो । जनता समाजवादी पार्टी सासद प्रकाश अधिकारीले राष्ट्रपति प्रणालीमा जाने पक्षको समर्थन गर्दै प्रणाली र नीति सहि चाहिने धारणा राख्नुभयो । उहाँले संस्कार राम्रो भएर मात्र पुग्दैन । प्रणालीले असर गर्दो रहेछ, पञ्चायती व्यवस्था र राणा शासनलाई हेरौं । खर्चिलो निर्वाचित प्रणालीमा सुधार नगरी, शासकीय स्वरुपमा सुधार नगरी स्थायित्व हुनुभन्नुभयो । मन्त्री खान सांसद तँ छाड म छाँडले स्यायित्व कसरी हुन्छ भन्ने प्रश्न गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली र राष्ट्रपति प्रणालीमा जानु पर्ने विचार राख्नुभयो ।
विश्लेषक सृष्टिले राष्ट्रपतीय प्रणालीमा अधिनायकवादी हुने त्रास भएको धारणा राख्दै चुनाव र संसदीय व्यवस्था खर्चिलो भएको बताउनुभयो । स्वतन्त्र बुद्धिजीवी डा. मित्र परियारले मेरो राष्ट्र नै दलित रहेछ, मागेर खाने, टालेर लुगा लगाउने भन्दै बाहुनको साटो अरु किन कोही नियुक्तिमा पर्दैन भन्दै प्रश्न गर्नुभयो ।उहाँले आफु प्रत्यक्ष निर्वाचित राष्ट्रपतिप्रतिको पक्षमा भएको बताउनुभयो । राजनीनितिक विश्लेषक इन्द्र अधिकारीले सरकारको स्थायीत्व कि प्रणालीको स्थायित्व त्यसमा प्रष्ट हुनुपर्ने धारणा राख्दै अहिले प्रणाली भन्दा सरकार अस्थिर भएको बताउनुभयो ।
अहिले संसदीय व्यवस्थाका कारण अस्थिरता आएको नभई माइण्डसेटले अस्थिरता ल्याएको दावी गर्नुभयो । नागरीकले सधैं र्यासनल निर्णय गर्दैन त्यसमा ध्यान पुग्नु पर्दछ भन्नुभयो । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले शासकीय स्वरुपलाई चलाउन संविधानले नदिंने बताउदै यसमा धेरै अध्ययनको खाँचो भएको धारणा राख्नुभयो । संविधानसभामा पनि राष्ट्रपतीय पद्धतिको आवाज उठेको थियो म पनि राष्ट्रपतीय पद्धतिको समर्थक हुँ । तर संघ र प्रदेशका अधिकारभित्र जटिलता धेरै छन त्यसमा विचार पुराउनु पर्दछ भन्नुभयो ।
कार्यक्रममा डा. अनुप सुवेदीले शासकीय स्वरुपको परिवर्तन स्थायित्वको आधार हुन्छ हुन्न भन्ने प्रश्न गर्दै संसदीय प्रणाली समस्या हो कि प्रयोगकर्ता वा नेताको समस्या हो छलफलको विषय भएको बताउनुभयो । टिकट पाउन नेताको चाकरी , पद पाउन चन्दा चाहिने बताउदै यसले विकृती ल्याएको दावी गर्नुभयो । प्रवृत्ति पुरानै रहे शासकीय स्वरुप परिवर्तनले मात्र केही नहुने धारणा राख्नुभयो । कार्यक्रममा (नेसपा) नयाँ शक्ति विज्ञ परिषदका सचिव वष्ठि पत्रकार कपिल काफ्लेले अवधारणा पत्र पेश गर्नुभएको थियो । सो कार्यक्रम (नेसपा) नयाँ शक्ति विज्ञ परिषदका अध्यक्ष हिसिला यमिको अध्यक्षतामा भएको थियो । संञ्चालन अनुप सिं सुवालले गर्नुभएको थियो ।























