सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट करिब १ सय ७७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिलमारा बस्ने ३० वर्षीय दिपक राई र धनकुटाको शहिदभूमिका गाउँपालिका–१ छिन्ताङ्ग घर भएका ५७ वर्षीय धन बहादुर राई छन् ।
सशस्त्रको सुरक्षा बेश चतराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।



















