नेपाली फिल्म भागदौड छिटै रिलिज हुने तयारिमा

नेपाली चलचित्रको क्रेज बढिरहेको बेला भागदौडले नेपाली दर्शकको मन जित्ने आशा गरिएको छ ।
पृथक कथा बस्तुमा आधारित रचनात्मक बिकृति बिसंगति रहित रहेको उक्त चलचित्र निर्देशन हिमाल उप्रेतीले गर्नुभएको हो।
चलचित्र दर्शकहरुले परिवारसंग आन्दपुण रुपमा हेरेर मनोरञ्जन लिन सक्ने,सहि समाजिक परिबेशमा आधारित रहेको निर्माता बिश्वराम बिष्टको भनाई रहेको छ। उक्त फिल्मको प्रदर्शन छिटै हलमा आउने समेत उहांले बताउनु भयो ।
सामाजिक कथावस्तुमा बनेको यो फिल्मलाई दर्शकले अब छिटै नै हेर्न पाउने भएका छन् । बिश्वराम बिष्ट तथा डिलकुमारी नेपालको निर्माण रहेको चलचित्रमा हिमाल उप्रेतीको निर्देशन रहेको सो चलचित्रको अन्तिम काम सकिएको छ। अब छिटै रिलिज हुने तयारिमा रहेको छ ।
यो फिल्म जोसुकैले पनि रमाईलो लिने छन् साथै हेर्न सक्नेछन् । यस चलचित्रमा घनश्याम जोशि , अनिशा श्रेष्ठ ,सरोज यादब ,लक्ष्मि गिरी , देश भक्त खनाल ,सुदिप कुवंर ,पदम राज भण्डारी ,साहारा राई, राजेन्द्र कुवंर ,बिशाल पोखरेल लगायतका कलाकारको मुख्य भूमिका छ ।