तपाई त वकालत, समाज सेवा, धार्मिक क्षेत्र र ज्योतिष क्षेत्रमा सक्रिय हुनुहुन्छ समयको व्यवस्थापन कसरी गरि रहनुभएको छ ?
मैले समयलाई विभाजन गर्ने गरेको छु । विहानको समय धार्मिक कामको निम्ती । दिउसोको समय वकालत र धर्म संस्कृति माथि भएको प्रहारको विरुद्ध खर्चन्छु । सांझको समय पनि धार्मिक आरतीहरु गर्दछु । त्यसपछि बेलुका आठ बजे पछि साहित्य पठन र सृजनामा समय दिन्छु ।
समाजिक कार्यमा सक्रिय रहने क्रममा यहाँले त धेरै वटा मन्दिर र सामाजिक भवनहरु बनाउन धार्मिक क्षेत्रमै रहेर सहयोग गर्नुभएको छ। कहाँ कहाँ सहयोग गर्नुभयो ?
मैले पाल्पा रामपुर वडा नं ५ बेजारमा सितारामको मन्दिर बनाई रहेको छु । त्यहाँ मेरो साइलो बुवा रेसमराज पोखरेलको चाहना बमोजीम मेरो सक्रियतामा सबैको सहयोगमा मन्दिर बनाए। उहाँले विरामी भएर टिचिंङ अस्पतालमा भर्ना भएको वेला त्यहाँ मन्दिर बनाउने इच्छा व्यक्त गर्नुभएको थियो। त्यहाँ पहिला सानो राममन्दिर थियो । त्यही ठाउँमा ठूलो मन्दिर वनाउने रेसमराज बुवाको चाहना थियो। उहाँकै चाहना अनुरुप मन्दिर वनाउने प्रकृया सुरु गर्दै गर्दा नगरपालिबाट ५ करोड बराबरको लागत लाग्ने गरी नक्सा स्वीकृत भयो। त्यस पछि वुवा रेसमराज, हरिमाया पोखरेल र मेरो परिवारका सदस्य सहित सबैले सल्लाह गर्यो ।
सल्लाह गर्दा सप्ताह लगाउने जति जुटछ जुटाउने नपुगेको हाम्रो परिवारबाट राख्ने सल्लाह भयो। हामीले साढे दुई रोपनी जग्गा दिओ । सबै गर्दा करिब ४ करोड जुट्यो त्यसबाट मन्दिर बनी रहेको छ । मटेरीमा ३५ लाख बराबरको सभाहल बनाएका छौ । यस्तै काठमाडौको गंगबु आवास क्षेत्रमा महेश्वर श्रेष्ठ र म तथा स्थानिय मिलेर मन्दिर बनाएका छौ । त्यो मन्दिर ११ आनामा छ ।त्यसको पछि एक रोपनी जग्गा छ जहां धार्मिक र सामाजीक काम गर्न सकिन्छ ।
तपाई आफू धार्मिक क्षेत्रमा सक्रिय व्यक्ति यति वेला त देशमा धर्मनै संकटमा छ भनिन्छ नि?
अवस्य तपाईले भन्नुभए जस्तै यति बेला देशको राष्ट्रियता र धर्म संकटमा छ । देशको अस्मीता माथि पनि ठूलो प्रहार हुने खतरा छ । देशलाई जतिवेला देखी धर्म निरपेक्ष राष्ट्र बनाईयो, त्यहीबाट धर्म माथि प्रहार भयो। हाम्रो संविधानमा, जसरी गणतन्त्र संघियता र धर्म निरपेक्षताको व्यवस्था गरियो, त्यहीबाट धर्म र राष्ट्रियता माथि प्रहार सुरु भयो। हाम्रो संविधान बनाउँदा वैदेशीक दर्श, कौटिल्यको शास्त्र, महाभारत जस्ता, पुस्तकका दर्शन र ज्ञानलाई आधार मान्दै त्यसमा टेकेर अहिलेको समय अनुसारको न्यायपालिका , कार्यपालिका बनाउनु पर्ने थियो त्यो भएन । त्यहीबाट राष्ट्रियता र धर्म संकट सुरु भयो । जनतालाई न्याय दिन न्यायलय सबल , स्वतन्त्र र स्थीर चाहिन्छ, धर्म सापेक्ष राष्ट्र भएको भए न्यायलय अझ बलियो बन्ने थियो र जनताले अझ बढि न्याय पाएको अनुभूति गर्ने थिए ।
सबै कुरालाई थिर बनाउने धर्मले हो। त्यस्तै सबै कुरा सापेक्षतावादमा चलेको हुन्छ । सूर्य भगवान पनि सापक्षेता वादमै उदाउने अस्ताउने गर्नु हुन्छ । हाम्रा हरेक कृयाकलाप पनि सापेक्षता वादमा चल्द छन। निरपेक्षतावाद भनेर जसले भन्छन तिनीहरूले नबुझेर भनेका हुन ।नेपाल धर्म सापक्ष हुनुपर्दछ धर्म निरपक्ष भनेकै दिनबाट धर्म संस्कार संस्कृती, राष्ट्रियता माथि संकट आएको हो।
धर्म सापेक्षतावादीहरूले त व्यक्तिको धर्म हुन्छ राष्ट्रको हुन्न भन्छन नि ?
यो भनाई, गलत हो। विश्वभरी नै हेर्नुस् न जुन देशमा जून धर्म मान्नेको बाहुल्यता छ, सोही धर्म सापेक्ष छ । जहाँ ८०.८५ प्रतिशत मुस्लिम छन त्यो मुस्लीम जहाँ क्रिश्चियन त्यो क्रिश्चियन र जहाँ हिन्दु छन त्यो हिन्दु र जहाँ बौद्ध छन यो बौद्ध धर्म सापेक्ष राष्ट्र हुन पर्दछ। नेपालमा हिन्दु बढि भएकोले सनातन बैदिक हिन्दु राष्ट्र हुनुपर्दछ । विदेशका विभिन्न वाद ल्याउने होईन सापेक्षतावाद ल्यानुपर्दछ । धर्म र राजनीतिका नाममा व्यवसाय गर्दा राष्ट्रलाई धेरै घाटा भएको छ । बहुमत कै सम्मान गर्ने हो भने पनि हिन्दू बाहुल्य राष्ट्रमा बैदिक सनातन धर्म हुन पर्दछ ।
यहाँले राजनीतिक नेतृत्वले धर्म निरपेक्ष राष्ट्र बनाएर राष्ट्रलाई अहित गरेको आरोप लगाए पनि स्वंयम धार्मिक व्यक्तिकले पनि धर्मलाई कमाई खाने भाडोको रूपमा प्रयोग गरेको पनि त पाईन्छ ?
यहाँले गम्भिर प्रश्न उठाउनुभयो । धर्मको नामना राजनीति गर्ने वा धर्मलाई कमाई खाने भाडो बनाउने दुवै प्रवृति घातक प्रवृति हुन । धर्मलाई आफ्नै तरिकाले वग्न दिनुपर्दछ। जसरी मुक्तिनाथबाट आएको काली गन्डकी सलल बग्द छ । धर्मलाई पनि त्यसरी नै बग्न दिनुपर्दछ । पण्डित वर्गले धर्मलाई जसरी कमाई खाने भाडो बनाए त्यो गलत हो । पण्डित वर्गले त ठूलाठूला यज्ञहरू सम्पादन गर्ने गर्नुपर्दछ । यो नगरी कुनै पण्डितले धर्मका नाममा कमाउने वा धर्म निरपेक्षता भन्नेले भने जस्तै गरेर कमाउने त्यो पनि गलत हो । धर्म भनेको त धारण गर्ने कुरा हो जस्तो कागती अमिलो हुनु चिनि गुलीयो हुनु उनीहरुको धर्म हो। धर्म भनेको आचार विचार र सदाचार हुन हो। धर्म भनेको पैसामा साट्ने, व्यपारको रूपमा लिने गरे त्यो अपराध हो। ब्राहमण क्षेत्री वैस्य शुद्रका आ–आफ्नो आचार छन त्यस भित्र रहेक काम गर्नुपर्दछ । धर्मलाई गलत रूपले प्रयोग गर्नहुदैन ।
हिन्दु धर्ममा जात भनेर मान्छेहरू विच विभेद गर्ने महिलाहरू माथि शोषण गर्ने प्रावधान छन्, त्यसैले हिन्दु धर्म उचित होइन भनि विरोध गर्ने पनि छन नि ?
हिन्दु धर्म भन्नुस वा वैैदिक धर्ममा जात र वर्णको कुनै व्यवस्था थिएन । मान्छे सबै समान हुन । वैदिक कालमा सबै समान थिए, तर पछि पौराणीक कालमा राजनीतिक र सामाजिक कारणले विभेदहरु सृजना हुन पुग्यो। जात भात छुवाछुतमा विशेषगरि युरोपको प्रभाव परेको देखिन्छ । युरोपमा काला जातीमाथि गोरा जाती विच विभेद हुन थाले पछि हाम्रामा पनि राणा प्रम श्री ३ जंग बहादुरले राणाले जात व्यवस्था लागु गरेको देखिन्छ । छन त जयस्थीति मल्लको पालामा पनि जात व्यवस्था थियो तर कसैलाई विभेद गर्न दवाउन होइन कि गुण र स्वभाव अनुसार विभाजन गरिएको थियो। पछि यसलाई विकृत गरियो ।
तँ तल्लो जाति भनेर दमन गर्ने विभेद गर्ने गरियो। यो धर्म र वेद्को भावना विपरित छ । मानवताको भावाना विपरित छ । जात भात छुवाछुद वेदले मान्दैन, कसैलाई विभेदे गर्न मिल्दैन, यहि बुझेर म त विगत ३५बर्ष देखि छुवाछुद जात भात हटाउन पर्दछ भनेर लागि रहेको छु कसैलाई पनि तँ दलित भनेर मन्दिर प्रवेशमा रोक लगाऊ पाइदैन । मैले त सहभोज गराउदै आएको छु । यसो गर्दा मलाई धम्की समेत आउने गरेका छन मत नेपाल र भारतमा जुन जातका आधारमा विभेद गरिन्छ यो निमिट्यान्न पार्नुपर्दछ भनेर लडी रहेको छु । धार्मिक, सांस्कृतिक अधिकार सबैलाई समान रुपले दिन पर्दछ भनरे लागि रहेको छु ।
जात भात हुन्न भन्दै सहभोज गराउदा त तपाईकै समुदायबाट धम्कि पनि आउँछन होला नि?
तैले दलितलाई बोकेर नहिड तै पनि वहिस्कृत होलास् भनेर धम्कि आउँछन तर म धार्मिक अनुष्ठान गरि सबैलाई बराबर गराउन हिडेको मान्छे धम्की आए पनि म डराउँदिन । जस्ले वुझ्दैन उनीहरूले मलाई नमान्ने हुन ।यसले मलाई केही फरक पर्दैन। मेरो शरिरले साथ दिदा सम्म निरन्तर लाग्दछु । म सबै गुरुहरुलाई अनुरोध गर्न चाहन्छु सत्संगमा र मन्दिरहरुमा कसैलाई विभेद नगरी सबैलाई मन्दिर कुवा पानी धारामा प्रवेश गर्न दिऔँ ।
तपाई त धार्मिक कार्यका अतिरिक्त ज्योतीष क्रियामा पनि सक्रिय हुनहुन्छ, धर्म र ज्योतिषमा कस्तो सम्बन्ध हुन्छ।
धर्म र ज्योतिष शास्त्रको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ । धर्म भनेको असल कुरा धारणा गर्ने हो। आगोको धर्म पोल्नु हो । पानीको धर्म बग्नु हो। धर्मले सबैको हित गर्दछ सेवा गर्दछ, अहित गर्दैन। ज्योतीले पनि गर्ने हित नै हो। तर ज्योतिषले पहिल्लै चेतावनी दिन्छ । भनिन्छ नि ग्रहले राज्य दिन्छ ग्रहले राज्य हर्छ। मानिस ,जीवजन्तु ,पृथ्वी सबैलाई ग्रह र ताराहरुको शक्ति पुञ्ज जुन छ त्यसको असर पर्दछ । ग्रहकै आधारमा सबै चन्दछ लग्न कुण्डमा कुन ग्रह छ। अरु नौ ग्रहण कुन कुन कुण्डमा कसेका छन यसकै आधारमा सबै चल्दछ ।
तपाईको परिचालन तपाई आफूले गर्नुहुन्छ कि तपाईको ग्रहले गराउँछन ?
म आफूले आफूलाई होइन मेरो मन भावना जीवन चक्र चलाउने अर्कै छ । तपाई र म बिच अहिले कुरा भई रहेको छ नि यो पनि ग्रह गोचर ज्योतीषीय पद्धती अनुरूप भएको हो । हाम्रो ज्योतिषीय पद्धतीले सबै कुरा जन्मदै लिए आएको हुन्छ भने विस्वास गर्दछ ।
तपाईको भनाई अनुसार त कुनै काम गर्न पर्दैन सबै तय भएको छ भन्ने भयो नि ?
कर्मको साथै भाग्यले पनि साथ दिनुपर्दछ। ज्योतीषीय पद्मतीमा भाग्य स्थानमा कुन ग्रह छ भन्ने लेखेको हुन्छ । शनि राहू केतु के छ त्यही अनुरूपको प्रभाव पर्दछ ।यही अनुरुप सु:ख–दु:ख सफलता असफलता प्राप्त हुन्छ । १२ वटा कुण्डलीमा नौ वटा ग्रह धुमिरहेका हुन्छन यसकै आधारमा जीवन चक्र चलिरहन्छ ।
ज्योतिष शास्त्र विज्ञान हो कि विस्वास ?
ज्योतीष शास्त्र विज्ञान हो। यो गणित पनि हो। यो ऋषी मर्हषीले तयार गरेका थिम हो यो अकाट्य छ । यदि राम्रो ज्योतिषकोमा जानुस् तपाईको यो समयमा यो हुन्छ भनेको फरकनै पर्दैन । ज्योतिषले दक्षिणा थोरै पाएर ध्यान पुर्वक नहेरे अलग कुरा हो । होइन भने राम्रो ज्योतीषलाई सबै कुराको ज्ञान हुन्छ ।
भने पछि ज्योतीष विद्या पनि पैसा कमाउने पैसा बन्यो ?
पैसा कमाउने पेसा भन्दा पनि गुरुले समय दिएर ज्योतीष कार्य गरे पछि समय दिए अनुरुपको दक्षिणा पनि त टक्राउन पर्यो । अनावस्यक रुपमा तपाईको ग्रहमा यो यो नराम्रो छ, रुद्री लगाउनु पर्यो पुटिक लगाउनु पर्यो जस्ता आदि इत्यादी भनेर त्यो गर्न यति पैसा चाहिन्छ भन्ने होइन । जीवन चलाउन त पर्यो तर अनावश्यक खर्च गराउनुहुदैन । अहिले त धार्मिक पण्डित जोतीषी सँग जनता निरास छन । यस्तो गर्नुहँुदैन। जता पनि पैसा मात्र माग्न हुदैन । हो भक्तले पनि गच्छे अनुसार दान दिन पर्दछ । तर पैसा जम्मा गर्न सप्ताह लगाउने करोडौ उठाउने हिसाब नराख्ने जुन प्रवृति छ यस्तो गर्नुहुदैन ।
ज्योतीष पण्डित भनेर भन्छन जान्ने हुन कि ठग्ने हुन कसरी थाहा पाउने?
यसको निम्तो त सर्टिफिकेट दिने व्यवस्था हुनुपर्दछ । जसरी बार काउन्सीलबाट वकालत गर्न लाइन्सेन्स चाहिन्छ यसमा पनि विश्वविद्यालबाट सर्टिफिकेट लिए पछि मात्र पेसा चलाउनका निम्ति व्यवसायीक जाँच पास गर्नुपर्ने व्यवस्था गर्नुपर्दछ। त्यो जाँच सरकारले भन्दा पनि विश्व विद्यालयले लिनुपर्दछ । पेसा गर्ने प्रमाण पत्र भए पछि मात्र पेसा गर्न दिनुपर्दछ । यहाँ त दोहोरी गाँउनेहरु सप्ताहा भन्छन, व्याशासनमा बस्ने भएर आचार युक्त ब्रामण व्याशासनना बस्नु पर्दछ भनेर त वदेले नै भनेको छ । भागत पुरै कष्ठ हुने गुरुहरु पनि हामीसँग हुनुहुन्छ । रामचन्द्रजी जस्ता ज्योतीष हुनु हुन्छ , वाल्मीकिका गुरुमा पनि कति विद्धता छ, अहिले त देश विदेश घुम्दै भागवत वाचन गर्नेले पनि परिक्षा दिने हो भने फेल हुन्छन ।
ज्योतिषीय कोणवाट हेर्दा देशको ग्रह दसा कस्तो छ?
अहिले सिदाथीनाम संकल्प चलिरहेको छ । बैशाख र जेठको महिना अलि बढी गम्भिर छ ।अरु महिना पनि त्यती राम्रो छैन ।
प्रमुख नेताहरुको ग्रह दशा कस्तो छ ?
नेताहरुको पानी ग्रह दशा राम्रो छैन ।
राजनीतिक परिवर्तन हुन्छ त?
हुन सक्छ । पार्टीगत रूपमा भन्दा नेपाली कांग्रेसमा आन्तरीक द्धन्द्ध हुने देखिन्छ । कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र काग्रेस पार्टीलाई ग्रह शान्ति गर्नुपर्ने अवस्था छ । के.पी शर्माको पनि स्वास्थ खराव हुने पार्टीमा समस्या आउने ग्रह छ । उहाँले पनि पुटिक लगाउनु पर्दछ । उहाँले त विस्वास गर्नु हुन्न तर उहाँँले १२१ ब्रहमाण राखेर पुटिक लगाउनु पर्दछ । त्यस्तै के.पी ओलीको सरकार ढल्ने सम्भावना प्रचुर मात्रामा छ ।
पुर्वराजाको ग्रह दशा कस्तो छ,
मैले त पूर्व राजा भन्दिन म त राजालाई विष्णुको अवतारको रुपमा मान्छु यती हुदा हुदै पनि म राजाको पक्षमा बोल्न चाहेको पनि होइन । तर ग्रह हेर्दा शेर बहादुर देउवा के.पी ओली र प्रचण्ड भन्दा राजा ज्ञानेन्द्रको ग्रह बलवान भएर गएको छ । यसरी हेर्दा असार महिना सम्म राजसंस्थाको पुनरागमन हुने प्रवल सम्भावना छ। अहिले नभए पनि दुई तीन बर्ष भित्रमा प्रदेश खारेज हुने राजसंस्था पुनस्थापन हुने र हिन्दु बैदिक सनातन राष्ट्र हुने सम्भावना प्रबल छ ।



















