उमेर वृद्धिसंगै हामीले आप्नो दैनिकीमा विशेष ख्याल गर्नु पर्ने हुन्छ । शरिर कमजोर भएपछि ईश्वर बा चिकित्सक कसैले बचाउन सक्दैनन् । पूर्णायु मान्छेको शतायु हो तर पूर्ण हुन नसकेको र रोगग्रस्त जीवन सबैका लागि बोझ हो । औषधिले रोग कम गर्ने एक चौथाई मात्रै हो, अर्को एक चौथाई खानपानले हो, अर्को एक चौथाई शारीरिक अभ्यासले हो र बाँकी एक चौथाई सकारात्मक सोच र भक्ति भाव, न्यास, ध्यान, योग, प्राणायामहरुले हो । मसंग रोग छैन म प्रफुल्लित छु भन्ने सोचले भएका रोगसंग पनि लड्ने क्षमता राख्छ ।
खाँदा जहिले पनि मात्रा मिलाएर खानु पर्छ, सन्तुलित आहार भनिन्छ यसलाई । खानामा अधिक कार्बो राम्रो हुन्न । कार्बोको साथमा फाइबर, प्रोटिन र प्याट मिलाएर खानु पर्छ । कहिले पनि टन्न पेट भरिने गरी खानु हुन्न, आधा खाना पछिको पेटको भागलाई पानी एक चौथाई र हावाका लागि एक चौथाई छोड्नु पर्छ । के खाने, कतिपल्ट खाने, कसरी खाने सबै जानकारी लिएर मात्र खाने बानि गरे रोग लाग्दैन र भएका रोगलाई पनि नियन्त्रणमा राख्न सकिन्छ । शरिर अनुसार कति सुत्ने, कति पानी पिउने, कति हिँड्ने, कति व्यायाम गर्ने कति योगाभ्यास बा प्राणायाम गर्ने आपैले निर्धारण गनु पर्छ । एक शरिर अकोै शरिरसंग मात्रै तुलना गर्नु हुन्न । एक थरिले कसैलाई राम्रो र त्यसैले अर्कोलाई ठीक गर्छ भन्ने हुन्न, औषधि पनि त्यस्तै हो ।
सामान्यतया दैनिक दुई घण्टा हिँड्ने बानी बसाल्ने र एक घण्टा शारीरिक अभ्यास गर्नु उत्तम हुन्छ । फटाफटको हिँडाइले शरिरलाई धेरै फाइदा गर्छ अँग प्रत्यँगहरु चलायमान हुन्छन्, नसाहरु जाम हुने डर हुन्न, रक्त प्रवाह पनि राम्रो हुन्छ । खानामा ग्लाइको इन्डेक्स बुझेर खाने बानी बसाल्नु पर्छ, मधुमेह हुन नदिन र भएकाले आपूm स्वस्थ रहन जि आई मात्रा बुझेर खाने गर्नु पर्छ । ६० जि आई नाघेका खाना हानिकारक हुन्छन्, सुगर नियन्त्रण हुन्न । चामल, आलुमा जि आई ७० आसपास हुन्छ, मकै, मटर, शखरखण्ड, जुस, केरामा जि आई बढी हुन्छ । सकेसम्म ४० देखि ५५ जि आइ सम्मका खाना राम्रो हुन्छ । रहर, मुसुरो दालको जि आई २४, मुगमा ३८, सिमी, राजमामा १९, स्याउमा १९, नास्पातिमा २०, सुन्तलामा ४०, आरुमा २८, तर्वुजामा ७२, खर्बुजामा पनि यस्तै, अँगुरमा ५९, अम्बामा १२, मौसममा धेरै कम, आँपमा ५५ जि आई हुन्छ । जि आई कम भए पनि विहान खालि पेटमा अँगुर खानु हुन्न, केरा त नहुने नै भयो । काँचो केरा फ्राइ गरेर खाँदा राम्रो हुन्छ, खैरो चामलमा जि आई कम हुन्छ मैदा र मैदा निर्मित खाना कुकिज, विस्कुट, पाउरोटी, रोटी कुनै पनि हानिकारक हुन्छ । रेशा बढी हुने गहूँको रोटी खानु हुन्छ, गहुँको जि आई ६५ हो, तर एक सानो रोटी बराबर एक चिया चम्चा सुगर हुन्छ र शरिरलाई चाहिने सुगर जम्मा एक चम्चा मात्रै हो, त्यसैले रोटी खाँदा धेरै कम खानु पर्छ, ओठमा पनि जि आई बढी नै हुन्छ तर ओठ, च्याँख्ला शरिरमा ढीलो सुगर बन्ने हुन्, जति ढीलो सुगर बन्छन् ती खाना खोजेर खानु पर्छ । फलपूmलको रस सिधै रगतमा जाने छिटै सुगर बन्ने हुनाले जुस नखाएर रेशादार सके बोका्र सहितको फलपूmल खाने गर्नु पर्छ, स्याउ ताछेर खाने गर्नु नराम्रो बानी हो । ऐँसेलु, काफल, अमला, जामुन धेरे राम्रा हुन् सकेदेखि ।
हरिया सागपातमा जि आई साह्रै कम हुने, करेला, भिण्डी, बोडी, हरियो फर्सी, राम्रो हो, काँक्रो, मूलामा जि आई १५ भन्दा तलै हुन्छ । चना राम्रो हुन्छ त्यसको दाल सुगरका लागि राम्रो हुन्न । फाइबर नपाइने हुनाले फलपूmलको रस नखानु भनिएको हो । गाजर पनि सुगरलाई त्यति राम्रो मानिन्न, पालुँगो धेरै खाए शरिरमा ढुँगा बन्न सक्छ, मुगी राम्रो हुन्छ सके बोक्रा नझिकेको खानु पर्छ ।
शरिरमा प्याँक्रियाज एक ग्रन्थी हु सेलका ढोका बन्द हुँदा सेलहरु भोकै रहने र खाइएर बनेको सुगर धेरै रगतमा जान्छ र रगत प्रदूषित हुन्छ, रगत प्रदूषित भएपछि साना रक्त नलीहरुले रगत आपूर्ति गर्न सक्दैनन् । शरिरका अन्य भाग भन्दा चार भागमा रक्त कोषिका साह्रै साना हुन्छन्, मानौँ एक रौँको दश भागको एक भाग बराबर मात्रका र फोहोर रगत तिन्ले बोक्न सकदैनन् । यी संवेदनशील रक्त कोषिका भनेका आँखा, मृगौला, मस्तिष्क र मुटुमा हुन्छन् । यी सबै अँगलाई सुगर आबश्यक छ तर बढी सुगर बोकेका रक्त कोषिकाहरुले सुगर आपूर्ति गर्न नसक्ता आँखाको रेटिना जाने, हर्ट एट्याक हुने, मस्तिष्क घात हुने र मृर्गौला फेल भई मानिसको मृत्य पनि हुन सक्छ । विहान छिटो उठेर राम्रो रक्त सन्चालन मस्तिष्कसम्म नपुगी वाथरुममा लडेर मृत्यु भएका धेरै केसहरु छन् हामीसंग । अतः विहान बा रातमा सुतेको बेलाको रक्त प्रवाह र उठेको, हिँडेको बेलाको रक्त प्रवाह फरक ढंगको हुन्छ । आराम गर्दा सुत्दाको ख्याल गर्दै शौचालय जाने गर्दा रातमा, विहान वेडबाट उठेर केही सेकेन्ड खुट्टा भूमिमा झारेर, हात चलाएर बीस, तीस सेकेण्ड बसेर मात्र उठेर शौचालयतिर लाग्नु पर्छ, यसो गर्दा मुटु, मस्तिष्कलाई ज्यादा बोझ पर्दैन, रक्त सन्चालन, प्रवाहको गति राम्रो हुन्छ ।
बेलुका खाना खाएपछि शरिरलाई सकेसम्म नब्बे डिग्रीमा राख्नु पर्छ, जीउ बँग्याउने, अडेस लाग्ने, कोल्टे पर्ने, सुत्ने गर्नाले पाचनप्रणाली राम्रो हुन्न र असर ब्लड प्रेसर बा डाइबेटिज बा अन्य हुन सक्छ । खाना खाएपछि डेढ् दुई घण्टा पानी पिउनु हुन्न, उठेर तरल पदार्थ सेवन गर्नु हुन्न, खानाको लगत्तै चिया, फलपूmल स्नान, धुमपान पनि नराम्रो बानी हो, गर्नु हुन्न । सके बेलुकी पनि केही बेर हिँड्नु राम्रो हो । हिँड्दा आलस्य मान्दै, जीउ बँग्याएर हुन्न, फटाफट दुबै हात अघिपछि गर्दै शिर नझुकाईृ हिँड्ने गर्नु पर्छ, हल्का पसिना आउने गरी हिँड्दा राम्रो हुन्छ । हिँडाइले अरु अँगलाई राम्रो सक्रिय गराए पनि पुरषको पोस्टेड ग्रन्थीलाई असर गर्दैन त्यसैले पोस्टेड ग्रन्थीका लागि अन्य शारीरिक अभ्यास जरुरी छ । सुगर, प्रेसर रोगीले भुटेको, तारेको, बासी, सडेका, बट्टाबन्दी, पुराना अचार, मैदाजन्य खाना खानु हुन्न । विहान कपालभाँती, अनुलोम, विलोम, रेचक, पुरक, कुम्भक प्राणायामहरु गर्नु पर्छ । प्राँगारिक घिउ, तेल खानु हुन्छ, जौको, फापर, कोदोकोे रोटी खाँदा जि आई कम हुन्छ र राम्रो गर्छ । कुन के खाने विचार गरी कसरी खाने त्यो पनि विचार गर्नु पर्छ । कतिपल्ट खाने पनि बिचार गर्नु पर्छ । सके दिनमा एक पल्ट निश्चित समयमा खाने, पहिलेका योगीहरुले यही गरे, सकिन्न दिनमा दुईपल्ट खाने, त्यो पनि सकिन्न तीनपल्ट खाने, त्यो पनि सकिन्न भने चारपल्ट खाने गर्नु पर्छ । तर पटक पटक थोरै खानु भन्दा कति खाने ४ घण्टाको लागि एकैपल्ट खाने गर्नु पर्छ । त्यसको मूल कारण इन्सुलिन बचत र प्रयोग हो । जब थोरै भए पनि पेटमा खाना जान्छ प्याक्रियाजले मेसिनभै उच्च गतिमा इन्सुलिन फाल्न थाल्छ, उसलाई दुई चम्चा केही खाएको बा एक कप चिया खाएको थोरै इन्सुलिन दिन्छु भन्ने ज्ञान हुन्न, पानी तान्ने मोटरभै चल्छ त्यो तीव्र गतिमा र चलिरहन्छ चार पाँच घण्टा सम्म, फालिरहन्छ इन्सुलिन तर कम खाना खाएकाले त्यसको प्रयोग नहुने र खेर जाने हुन्छ जव अर्को खाना धेरै खाइन्छ त्यतिबेला प्याँक्रियाजले भरपूर इन्सुलिन दिन सक्दैन, यसलाई खासगरी टाइप टू प्रकारको डाइवेटिज बिरामीहरुले बुभ्न जरुरी छ, टाइप वान् सुगर भनेको इन्सुलिन नै नहुने अबस्था हो भने टाइप टू सुगर रोगी इन्सुलिन भएको तर व्यवस्थापन नमिलेको अबस्था हो । त्यसैले उही एकै समयमा जे खाने त्यो खाने गर्नु पर्छ र चुस्स चुस्स केही खाएर शरिर बिगार्नुृ हुन्न । बेलुकीको खाना सूर्यास्तका साथमै खानु पर्छ, विहान सके केही घण्टा फास्टिँगमै बस्नु राम्रो हुन्छ, कि पूरै खाना खाने तर एक कप चिया हो भन्नु हुन्न, विहान जव बेड टी आउन थाल्यो अनि शरिर बेकामी भएको त सबैलाई यादै छ ।


















