बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर सहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ३२ हजार ४ सय सहित चिनियाँ नागरिक ३२ वर्षीय SHAOJUN LYU लाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।