नेपालका सन्तोष आलेमगर आईवा थ्री स्टार रेफ्री जजको परीक्षामा उतीर्ण

नेपालका सन्तोष आलेमगर आईवा थ्री स्टार रेफ्री जजको परीक्षामा उतीर्ण हुन सफल भएका छन् । १५ देशका कुल २२ जना सहभागी निर्णायकहरुमध्येबाट नेपालको रेफ्रीको भूमिका उदाहरणीयरहेको कुरा आईवा ईभ्यालुएटर सेडी डफीले निर्णायकहरुकै बीचमा उत्कृष्ट कार्य भनेर सन्तोषले प्रशंसा समेत पाएका थिए ।

उक्त परीक्षामा नेपालको तर्फबाट आईवा टू स्टार रेफ्री जज तथा पुर्व बक्सिङ खेलाडी सन्तोष आलेमगरले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा आईवा थी स्टारका लागि निर्णायकको परीक्षाका लागि न्यूनतम आवश्यक ५ रेफी तथा १० जजको रुपमा परीक्षामा सहभागी हुनु पर्ने मापदण्ड रहे पनि सन्तोषले जम्मा फाईनल गेम्स सम्मै ९ वटा रेफ्री र ५४ वटा जजको रुपमा भूमीका सफलतापूर्वक निर्वाह गरेका थिए । सन्तोष आलेसंगै नेपालमा जम्मा दुई जना आईबा थ्री स्टार रेफ्री जज पास गर्न सफल भएका छन् ।