बा

साँच्चै हिजोआज खै के हुन्छ
बाटोमा हिँड्दा कोहि दौरासुरुवाल र टोपी लगाएको
मान्छे देख्दा अनि अलि पाको उमेरको पुरुष देख्दा,
मलाई आफनै बा को झल्को आउँछ।
अनि टोलाएर हेर्न मन लाग्छ
अनि मनमा अनेक तर्कना आउँछ ।
मेरा बा बिरामी भएर
बिस्तराबाट उठ्न न सक्ने भएको बेला,
अनि एक घुड्की पानी खान मन गरेको बेला
सुत्दा सुत्दै शरीर दुख्यो भनेको बेला
अनि बोल्न मन लागेको बेला
मेरो कुरा सुनिदेउ न भनेको बेल
साँच्चै
म ब्यस्त थिए ।
किनकि मलाई मेरो भबिस्य बनाउनु थियो ।
मलाई मेरो घर व्यवहार मिलाउनु थियो ।।
अझ भनौं लाई ठूलो र हुनेखाने हुनु थियो ।
सधैं हिँड्न मन पराउने मेरा बा ,
सबैसँग मिल्नु पर्ने मेरा बा,
अनि सबैलाई सहयोग गर्ने मेरा बा
जीवनको अन्तिम समय आफ्नै सन्तानसँग नहुदा
एकान्तमा एक्लै जीवन बिताउँदा
कति रोए होलान् ,
कति कल्पे होलान् अनि कति आफैलाई सम्हाले होलान ।
आफैले आफैलाई
र त कुनै गुनासो बिना ,
कुनै सिकायत बिना,
आज सुट्टुक्क मलाई छाडेर
अनि कहिल्यै नफर्कने गरी
अनि कहिल्यैं न भेट्ने गरी
नयाँ बाटो अनि नयाँ गोरेटोमा लागेको
कसैलाई केही नभनी ।