झापाको शिवसताक्षीमा   कुटपिटबाट  दुई जना किशोरको

 

 

झापाको शिवसताक्षी नगरपालिका-९ का अर्का एक किशोरको पनि कुटपिटबाट मृत्यु भएको छ। योसँगै शिवसताक्षीमा कुटपिटबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

संगम चोक का १५ वर्षीय आदित्य तामाङको पनि मृत्यु भएपछि यो सङ्ख्या दुई पुगेको हो। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा बुधबार दिउँसो आदित्यको मृत्यु भएको हो ।

झापाको शिवसताक्षी नगरपालिका-९ का अर्का केही दिनअघि ट्युसन पढेर घरफर्कने क्रममादुधेको ‌ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले आदित्यमाथि कुटपिट गरेका थिए। प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार पहिलोपटक सामान्य कुटपिट गरेपछि ‘जा’ भनेर पठाएका थिए। तर, केही समयपछि पुनः बोलाएर सोही समूहले कुटपिट गरेको थियो ।

कुटपिटपछि आदित्यले परिवारमा घटनाबारे जानकारी गराएका थिएनन् । त्यसैले उनी अस्पताल जान ढिला भएको थियो । कुटपिट भएको भोलिपल्ट आदित्य ट्युसन सेन्टरमा आएनन् तर विद्यालयमा भने उपस्थित भएका थिए । विद्यालयमा अनुहार सुन्निएको र ढाड दुखेको बताएका थिए । त्यसपछि स्वास्थ्य बिग्रँदै गएपछि मात्र उनलाई बिएन्डसी अस्पताल लगिएको थियो । बुधबार दिउँसो उपचारकै क्रममा उनको सोही  अस्पतालमा   निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनलाई गत शुक्रबार दिउँसो उपचारका लागि अस्पताल लगिएको थियो।

कुटपिट घटनामा संलग्न भएको आशंकामा स्थानीय प्रहरीले हालसम्म ६ जना किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूले संलग्नता स्वीकार गरेको जनाएको छ। घटनामा अरु पनि संलग्न हुन सक्ने आशंका प्रहरीले गरेको छ।

यसअघि आदित्यका मिल्ने साथी रोमन थापाको पनि आइतबार बिर्ता मोडको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको थियो । रोमन पनि सोही ट्युसन सेन्टरमा आउँथे र आदित्यसँगै देखिन्थे ।