मधेसबाहेक सबै प्रदेशमा वर्षा, सिन्धुपाल्चोकमा धेरै पर्‍यो पानी

शुक्रबार अपराह्नबाट मधेस बाहेक सबै प्रदेशका जिल्लाहरूमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अझै केही समय पानी पर्ने सम्भावना रहेको छ ।

पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोक जिल्लाको गोब्रेमा सबैभन्दा बढी (४३.२ मिलिमिटर) पानी परेको भने सोलुखुम्बु, पर्वत लगायतका जिल्लाहरूमा पनि मध्यम पानी परिरहेको छ । महाशाखाले पानी परेको ठाउँका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।