अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४ जनाको मृत्यु भएको छ ।
बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद् भएको छ ।
टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको भारी वर्षा हुँदा बाढी आएको जनाएको
बाढीका कारण बेपत्ता भएकाहरु नभेटिएसम्म उद्धार कार्य जारी रहने अधिकारीहरुले बताएका छन् । टेक्सास मिलिटरी डिपार्टमेन्टका मेजर जनरल थोमस एम. सुएल्जरका अनुसार शुक्रबार रातिसम्म २३७ जना भन्दा बढीको उद्धार गरिएको छ । अधिकांशलाई हेलिकोप्टरको सहायताले उद्धार गरिएको उनले बताए ।
बाढीका कारण ग्वाडालुपे नदी किनारमा अवस्थित छात्रा आवास क्रिस्चियन समर क्याम्पका २३ देखि २५ जना हराइरहेका छन् । यो क्याम्प सान एन्टोनियादेखि उत्तर–पश्चिम १०५ किलोमिटरको दूरीमा पर्छ ।


















