असार २४ गते नेपाल–चीन सीमामा अवस्थित रसुवा जिल्लाको ल्हेन्देखोलामा अकस्मात आएको बाढीका कारण ठुलो परिमाणमा जनधनको क्षती भयो । घटनामा नेपाली र चिनियाँ नागरिक गरी १८ जनाको मृत्यु भयो । यसरी मृत्यु हुनेमा नेपाल प्रहरीका तीन जना, सवारी चालक तीन जना , नेपाली कामदार छ जना र चिनियाँ नागरिक छ जना छन्।
बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेका मालवाहक कन्टेनरहरू र अन्य गाडीहरू समेत बगाएको छ। बाढीका कारण त्यहाँ रहेको विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनमा क्षति भयो । त्यहाँबाट २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा सवारी साधन र तीनमा लोड गरीएको सामान समेत बाढीले बगायो । यो बिवरण यस अधिनै आई सकेकोले यहाँ क्षतीको बिवरण दिनुभयो लेखको मुख्य उदेश्य होईन । लेखमा उठाउन खोजीएको बिषय ज्यान गुमाउने र क्षती भोग्नेलाई सरकारले कुनै सहयोग गर्यो कि गरेन भन्ने हो । बाढी आए पछि प्रधानमन्त्री र गृहमन्त्री सहितको टोली घटना स्थल गयो ।
उनीहरु हेलिकप्टमा घुमेर राजधानी फर्किए तर कुनै सहयोग र राहतको घोषणा गरेनन । विभिन्न नेताका नाममा प्रतिष्ठान बनाएर सरकारी ढुकुटी बाढ्नेहरुले पिडामा परेका नागरिकलाई भने कुनै सहयोग गर्न नसक्ने बताए । बाढीले सामान ल्याएको गाडी बगाउँदा आफ्नो करिब चार करोडको समान बगेको बाउदै एक व्यपारीले दुखेसो पोखे कयौ व्यापारीले क्षण भरमै जीवन भरको कमाई गुमाउनु पर्यो । उनले भने प्रधानमन्त्री केपी ओलीलाई भेटेर समस्या सुनाउदा केही गर्न नसक्ने बताउनुभयो । त्यही घटना सिमा पारी चिनतर्फ घटेको भए ६ करोड चिन सरकारले दिने थियो तर नेपाल तर्फ क्षेती भयो ।
प्रधानमन्त्री केपी ओलीले केही पनि सहयोग गर्न नसक्ने बताउनुभयो । वास्तवमा सरकार चाहिने यस्तै आपत बिपतमा हो अरु बेला त व्यक्तिले आफैले काम गरेर चलिरहेका हुन्छन । तर यो घटनामा सरकार संवेदनशिल देखिएन । घटनामा नेपाली र चिनियाँ नागरिक गरी १८ जनाको मृत्यु भएको छ उनीहरु र गाडीहरु बग्दा क्षती भोग्नेलाई सरकारले उचित सहयोग गर्नु पर्दछ ।
त्यस्तै उक्त घटना बाढी र वर्षाबाट नभई हिमताल विस्फोटबाट भएको बताईएको छ। अरु पनि यस्ता ताल धेरै भएको जानफकारहरु बताउछन । भावी दिनमा पनि यस्तो घटना नदोहोरियोस् भनि सचेत हुनुपर्दछ । भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकोले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर अवलोकनको लागि समेत गर्नुपर्ने देखिन्छ ।
बाढीका कारण ड्यामसाइट बगाउँदा १ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादनमा पनि असर पर्यो, यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादनमा समस्या भयो माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ‘ल्हेन्दे खोलाको मितेरी पुल बताउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ। यस्तो बेला समस्यामा परेकालाई सरकारले सहयोग गर्नुपर्दछ यदी गर्दैन भने जनताले भन्नुपर्ने हुन्छ दु:ख पर्दा नहर्ने कमाउँदा कर माग्ने सरकारको के काम ?, सरकारको काम छैन ।


















