काभ्रेमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। शनिबार मध्याह्न १२:२० बजे रामेछापको डोरखानीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस काभ्रेको भुम्लु गाउँपालिका-८ पौवास्थित भित्री सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ३२ यात्रु सवार उक्त बसको ब्रेक फेल हुँदा भित्तामा ठोक्किएको थियो।
घाइते भएका २३ जनालाई नै उपचारका लागि धुलिखेल अस्पताल पठाइएको काभ्रे प्रहरीले जनाएको छ।
बस र चालक प्रहरी चौकी दोलालघाटले नियन्त्रणमा लिएको छ।
घाइतेहरुः
१.जिल्ला रामेछाप दोरम्बा गा.पा २ बस्ने अ. बर्ष ४६ को भिम बहादुर मगर।
२.ऐ.दोरम्बा ७ बस्ने बर्ष अ.४४ को नम्बर सिंह तामाङ। (मुख र घाँटीमा चोट,
३.ऐ.ऐ.४ बस्ने बर्ष ४६ की फुल माया तामाङ
४.जिल्ला काभ्रे चौरिदेउराली गा.पा.३ बस्ने बर्ष अ.३० को राम बहादुर चापागाईं
५.ऐ.भुम्लु गा.पा. ५ बस्ने अ. बर्ष ४५ को मिन बहादुर वि.क ६.जि.रामेछाप दोरम्बा ७ बस्ने बर्ष अ. २८ को भुवन थापा मगर।
७.जिल्ला गोरखा अजिरकोट गा.पा. ४ बस्ने अ. बर्ष ३५ को कमल सुनार।
८.जिल्ला काभ्रे चौरिदेउराली गा.पा.३ बस्ने बर्ष अ.२६ को सुवास तामाङ।
९.ऐ.ऐ.भुम्लु गा.पा. ५ बस्ने अ. बर्ष ४४ की निर्मला खत्री।
१०.ऐ.ऐ.चौरिदेउराली गा.पा. ९ बस्ने बर्ष अ.२१ को सरोज रसाइली।
११.ऐ.ऐ.२ बस्ने बर्ष २६ को राम गौतम।
१२.ऐ.ऐ.४ बस्ने बर्ष २१ को सरोज विक।
१३. ऐ.ऐ. ३ बस्ने बर्ष ७८ को दोर्जे लामा।
१४. ऐ.ऐ. ३ बस्ने बर्ष १७ को प्रकाश गौतम।
१५. जिल्ला रामेछाप दोरम्बा गा.पा. ७ बस्ने बर्ष ५९ को असलमान तामाङ।
१६. ऐ.ऐ. बस्ने बर्ष ६४ को सुकलाल लामा।
१७. ऐ.ऐ. बस्ने बर्ष ४५ को शेर बहादुर तामाङ।
१८. ऐ.ऐ. ४ बस्ने बर्ष ४० को तारा बहादुर श्रेष्ठ।
१९. ऐ.ऐ. ७ बस्ने बर्ष १५ को दिव्या थापा मगर।
२०. ऐ.ऐ. ४ बस्ने बर्ष ५१ को चेत बहादुर श्रेष्ठ।
२१. जिल्ला काभ्रे चौरी देउराली गा.पा. ३ बस्ने बर्ष ५८ की माईली तामाङ।
२२. ऐ.ऐ. ५ बस्ने बर्ष ६४ की मैया बुढाथोकी।
२३. ऐ.ऐ. भुम्लु गा.पा. ५ बस्ने बर्ष ४१ को जनक रिजाल।

















